द हिमाल वर्ल्ड
कालेबुङ, 18 जनवरी 2025
कालेबुङ जिल्ला अन्तर्गत अलगढ़मा पर्यटन क्षेत्रको विकास, स्वरोजगार प्रोत्साहन, र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले 3 दिवसीय स्ट्रिट फेस्टिबल आयोजना हुने भएको छ। आगामी 24, 25 अनि 26 जनवरीको दिन अलगढा बजारमा यो फेस्टिबल सम्पन्न हुनेछ। यो कार्यक्रम क्षेत्रको पर्यटन विकास, स्थानीय युवालाई स्वरोजगारको अवसर प्रदान गर्दै, क्षेत्रीय कलाकारलाई मञ्च उपलब्ध गराउने र स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गर्न मद्दत पुर्यासउने महत्त्वाकांक्षी प्रयास रहेको बताइएको छ।
सन्तुक ग्राम पञ्चायतका प्रधान सुमित छेत्रीले शनिबार एक पत्रकार सम्मेलनमा यस फेस्टिबलको मुख्य उद्देश्य र कार्यक्रमबारे विस्तृत जानकारी दिए। छेत्रीका अनुसार, प्रत्येक दिन पारम्परिक खानपान, क्षेत्रीय उत्पादन सामाग्री, हस्तकला, फलफूल र अन्य स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिइनेछ। यसका साथै, विभिन्न सांगीतिक कार्यक्रमहरूले फेस्टिबललाई थप रङ्गीन बनाउनेछ।
फेस्टिबलको मुख्य आकर्षण क्षेत्रीय र राष्ट्रिय स्तरका सांगीतिक ब्यान्डहरूको प्रस्तुति हुनेछ। दार्जीलिङ पहाडका प्रसिद्ध ब्यान्ड मन्त्रीले विशेष प्रस्तुति दिनेछ भने कालेबुङका ब्यान्डहरू एस्टरिक्स र द डस्टी रोडले पनि दर्शकहरूलाई मनोरञ्जन गराउने भएको छ।
फेस्टिबलमा स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च पाउने जसले गर्दा उनीहरूको सांस्कृतिक पहिचानलाई थप बल पुर्यााउने अपेक्षा गरिएको छ। पारम्परिक तथा आधुनिक संगीत र नृत्यको मिश्रणले फेस्टिबललाई जीवन्त बनाउने बताइएको छ।
फेस्टिबलको आयोजना सभासद् दावा तेञ्जी शेर्पाको भिजनमा सम्पन्न भइरहेको छ। प्रधान सुमित छेत्रीका अनुसार, यो कार्यक्रमले स्थानीय युवालाई स्वरोजगारमा उत्साहित गर्नका साथै स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सहयोग पुर्या उनेछ।
Leave a Comment